वैशाख मसान्तसम्ममा २ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । विभागले बुधबार तथ्याङ्क प्रकाशित गर्दै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको जनाएको छ ।

विभागका अनुसार वैशाख मसान्तसम्ममा २ खर्ब ६४ अर्ब ८४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी दोस्रोमा फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको हो ।

EPIC EPIC EPIC

यसैगरी तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ । चौथोमा बोइलर मेशिन १ खर्ब रुपैयाँ बराबरको, सवारी साधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँको, प्लास्टिक तथा प्लास्टिक जन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च