शनिबार पहिरोमा बेपत्ता तीन मध्य एकको शव फेला

तनहुँमा शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

 घरधनी ४० बर्षीय हीरा नेपाली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । रायका अनुसार  घरमाथिबाट आएको पहिरामा परि छिमेकी ३७ बर्षकी अनिशा बास्तोला र ६५ बर्षका श्याम अधिकारी अझै बेपत्ता छन् । उक्त पहिरामा परि चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि पहिरा खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र अधिकारी समेत पहिरामा परि बेपत्ता भएका हुन् ।

EPIC EPIC EPIC

यस्तै ऋषिङ गाउँपालिका– झापुटारमा तनहुँ जलविद्युत आयोजनामा काम गर्ने  वर्ष ५० को स्थानीय कृष्ण पुलामी मगरको पहिरोमा परी मृत्यु भएको हो भने लमजुङको सुन्दर बजार नगरपालिका–२ का वर्ष ५१ को सोमलाल श्रेष्ठ घाइते हुनु भएको छ ।

त्यसै गरी अविरल वर्षाले गर्दा व्यास नगरपालिका–५ मानुङकोटमा तीन घरमा पहिराले पूर्ण क्षति पुर्याएको छ । दिउँसो पहिरो गएकोले मानवीय क्षति  नभएको स्थानीय व्यवसायी चूडामणि दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिराबाट क्षति भएका तीन घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।  जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाले गर्दा हुन  सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नु भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च