शिक्षा विधेयकका ३ वटा दफा फालिए, १४ वटा थपिए

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा विवादित विषयलाई थाति राखेर प्रतिवेदन तयार पार्‍यो । सोमबार बसेको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सचिव दशरथ धमलाले विद्यालय शिक्षा विधेयकको पुनर्लेखन जस्तै भएको बताए ।

‘मूल विधेयक प्राप्त हुँदा १६३ वटा दफा थिए । अहिले १७४ वटा भएका छन् । यो विधेयक पुनर्लेखन जस्तै भएको छ,’ सचिव धमलाले भने । उनका अनुसार मूल विधेयकको ६५ वटा दफा मात्रै चलाएको छैन । ‘अरु सबै दफा चलाएको छ । परिमार्जन भएको छ । १४ वटा दफा नयाँ थपिएको छ । ३ वटा दफा हटाइएको छ । ९८ वटा दफामा केही न केही परिमार्जन भएको छ । ९ वटा दफाको सट्टामा रिप्लेस भएको छ,’ सचिव धमलाले भने ।

EPIC EPIC EPIC EPIC EPIC

मूल विधेयक संसद्मा २०८० भदौ २७ मा दर्ता भएको थियो । १६३ वटा दफामा १७५८ वटा संशोधनको बुँदा परेको थियो । समितिले दफावार छलफल गरेर विधेयकलाई अन्तिम चरणमा पुर्‍याएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *