शेयर बजार आज पनि राताम्मे

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ११ अङ्कले घटेर दुई हजार आठ सय १३ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कारोबार रकम र सङ्ख्यामा पनि कमी आएको छ । ६५ लाख २० हजार कित्ता शेयर तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

EPIC EPIC EPIC EPIC EPIC

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि लिबर्टी इनर्जीको शेयर तीन प्रतिशतले बढेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *