झापा—श्रीमतीलाई चुनाव प्रचार गर्न झापा पठाएर बालेन साह सुदुरपश्चिम जाने भएका छन् ।
बालेनले श्रीमती सविना काफ्लेसहित सचिवालय सदस्य नवीन भण्डारी र रास्वापाका नेताहरू झापा ५ को घरदैलोमा सहभागी हुनेछन् ।
झापामा घरदैलो अभियान चलिरहेका बेलामा बालेन भने पार्टीको प्रचारका लागि पश्चिम लाग्ने बताइएको छ ।
सोमबार बिहान दमक- ९ उराउ बस्तीमा भेला भएर घरदैलो अभियान सुरु हुन लागेको सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।
उराउ बस्तीबाट सुरु गरेर पाणिनी स्कुल हुँदै देवसिङ टोल, नौ भाइ चोक, बुद्धचोक हुँदै उराउ बस्ती मै आएर भोलिको घरदैलो समापन हुने उनले बताए ।



















