काठमाडौं। एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ ।
बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले दुई, निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरेका हुन् । खेलभर नेपालले श्रीलंकाको पोष्टमा ३४ भन्दा धेरै प्रहार गरेको थियो । खेल सकिन चार मिनेटअघि घाइते भएपछि प्रीति राईलाई मैदानबाट निकालिएको थियो ।
यो जितसँगै नेपालले समूह ‘एफ’ मा लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को जित निकालेको थियो । यता, समूहकै अर्को खेलमा बलियो उज्वेकिस्तानलाई श्रीलंकालाई १०–० ले हराएको हो । आज नै उज्वेकिस्तानले लाओससँग खेल्दैछ ।
समूहको शीर्ष एक टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । नेपालको र उज्वेकिस्तानबिचको एक टिम एसिया कपमा स्थान बनाउने सम्भावना रहेको छ ।