सञ्चारकर्मी तथा शतक रक्तदाता बिमलीलाई ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार’

झापा । पत्रकारिताको धर्मसँगै मानव सेवाको मर्मलाई आत्मसाथ गर्दै समाजमा उदाहरणीय बनेका सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली सम्मानित भएका छन्। हल्दिबारी जेसिजको ऐतिहासिक प्रथम पद हस्तान्तरण समारोहका बीच बिमलीलाई ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट विभूषित गरिएको हो।

​भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना पिता स्वर्गीय भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको यो पुरस्कार एक यस्ता व्यक्तित्वलाई प्रदान गरियो, जसले कलमको मसीले समाजका बेथिति मात्र लेखेनन्, आफ्नै शरीरको रगत दिएर सयौंको जीवनसमेत बचाए।

EPIC EPIC EPIC

​कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन, पुरस्कारदाता उपप्रमुख कार्की र हल्दिबारी जेसिजकी संस्थापक अध्यक्ष युनिता दवाडीले बिमलीलाई दोसल्ला ओढाएर सम्मानपत्र तथा ५ हजार १ सय रुपैयाँ नगद राशिसहित सम्मान गरे।

​हल्दिबारी डटकमका प्रधान सम्पादक समेत रहेका बिमलीको परिचय केवल पत्रकारितामा मात्र सीमित छैन। उनले १२0औँ पटक रक्तदान गरेर मानव सेवामा जुन कीर्तिमान र समर्पण देखाएका छन्, त्यसैको उच्च कदर स्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। उनी विभिन्न सामाजिक संघ-संस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *