बिर्तामोड। आजबाट सञ्चालनमा आउने नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ ।
आज बिहान ६ः३० बजेको शुभ साइतमा भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।
नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ ।
भाट भटेनीले आफ्नो २६औँ स्टोर बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर सञ्चालनमा आएको हो ।
बिर्तामोडमा रहेको स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको झापाको पहिलो हो ।