कचनकवल। सडक-नाली तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन भन्दै कचनकवल गाउँपालिकाले ७ दिने अल्टिमेटम दिएको छ।
दक्षिणी झापाको कचनकवल गाउँपालिकाको क्षेत्र भित्र रहेको केचना चाराली सडक, बालुबाडी – पाठामारी सडक खण्डका सडक आसपास नाली अतिक्रमण गरी निर्माण भएका तथा व्यवसाय संचालन गरेका टहराहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका घर टहराहरु हटाइनु भन्दै ७ दिने अल्टिमेटम दिएको छ।
यसअघि २०७९ माघ ३ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित भएकोमा हालसम्म उक्त सडक आसपास नाली अतिक्रमण गरी निर्मित संरचनाहरु नहटाएकाले गाउँपालिकाले यो कदम चालेको सूचनामा उल्लेख छ।

सूचनाको अवज्ञा गर्दै संरचना नहटाएका प्रचलित कानून बमोजिम कार्यवाही गरिने सूचनामा बताइएको छ।



















