सप्तरीमा डाँका समूहद्वारा एकको गोली हानी हत्या, नगद र गहना लुटपाट

सप्तरी। सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। कान्तालालका भाइ रामाकान्त घाइते छन्। उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ।

EPIC EPIC EPIC

घटना शनिबार राति करिब १ बजे तिरको हो। ४–५ जनाको समूहमा रहेको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए। लुटपाटको प्रतिकार गर्दा घर धनी चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो। धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउण्ड गोली र एक राउण्ड गोलीको खोका समेत फेला पारेको छ। डाँका समूहले सो घरबाट पाँच तोला सुन, दुई केजी चाँदी र ५०-६० हजार नगद समेत लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च