सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्रको विकास योजनाको अवस्था बुझ्न झापामा

झापा। सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न झापा पुगेका छन् । संसद् बैठक स्थगित भएको मौकामा उनी आफ्नो गृहजिल्ला आएका हुन् ।

सभामुख घिमिरे तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रियामा सहभागी हुनेछन् । 

EPIC EPIC EPIC

सभामुखको सचिवालयका अनुसार उनले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता–भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले बिर्तामोडमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित भएको बताए । 

‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ’ उनले भने ।

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने बताए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च