बिश्व स्वास्थ्य संगठन नेपालका प्रमुख राजेश सम्भाजिराव पाण्डेले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ स्वरुप बारे अध्ययन भइरहेको बताएका छन्। उनले त्यस बिषयमा दक्षिण अफ्रिकामै बिज्ञहरुले अध्ययन गरिरहेको बताएका हुन्।
हालै दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट “ओमिक्रोन”को संक्रमण बढेको भन्दै नेपाल सरकारले अफ्रिकी नागरिकलाई नेपाल प्रबेशपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ।
विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए।
उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको जस्तो गरेर एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।
उनले सबै मिलि स्वास्थ्य मापदण्ड अपनाए,कोरोना भाईरसबाट बच्न सकिने समेत उल्लेख गरे।”ओमिक्रोन” बारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म आधिकारिक धारणा भने राखेको छैन ।
सोमबार काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रम उनले यस्तो जानकारी दिएका हुन्।