सरकारी अनुदानमा ९३ प्रतिशत किसान पहुँच बाहिरै

काठमाडौं । सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर पाइएको छ । सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत किसानले आफूहरु सरकारी अनुदानको पहुँचबाट बाहिर छन् । अनुदान पाएका ७ प्रतिशतमध्ये पनि आधा जतिले यस्तो अनुदान रासायनिक मलका लागि मात्रै प्राप्त भएको बताएको गणनाले सार्वजनिक गरेको छ ।

कुल किसान परिवारमध्ये ३ लाख ८ हजार ५ सय किसान मात्रै अनुदान पाएका छन् भने ३८ लाख २२ हजार ३ सय किसान परिवार सरकारी अनुदानबाट बञ्चित छन् । गणनाअनुसार अनुदान लिएकामध्ये पनि ४६।२ प्रतिशत अर्थात एक लाख ४२ हजार ६ सय किसानले रासायनिक मलका लागि अनुदान प्राप्त गरेका छन् । १।९ प्रतिशत अर्थात ५ हजार ७ सय किसानले प्राङ्गारिक मलका लागि अनुदान पाएका छन् भने ७।८ प्रतिशत अर्थात २४ हजार २ सय किसानले कृषिजन्य संरचना निर्माण र पूर्वाधारका लागि सरकारबाट अनुदान पाएका छन् ।

EPIC EPIC EPIC

१७ हजार किसानले सिंचाइका लागि अनुदान पाएका छन् भने ४ हजार ६ सय किसानले भन्सार छुटका लागि अनुदान लिएका छन् । १४ हजार ७ सय किसानले विद्युत महसुलमा अनुदान लिंदा एक लाख ८ हजार ८ सय अर्थात कुल संख्याको १५।२ प्रतिशत किसानले बीउ÷बेर्ना र घाँसका लागि अनुदान लिएका छन् ।

कृषि औजार उपकरणमा ४६ हजार र अन्य क्रियाकलापमा १६ हजार किसानले अनुदान प्राप्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *