Search
Close this search box.
Search
Close this search box.

सर्लाहीको बरहथवमा सनिवारसम्म कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवामा कर्फ्यू जारी गरेको छ ।

बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिसम्बन्धी विषयलाई लिएर भएको विवादमा झडप हुँदा १ जनाको मृत्यु भएपछि कर्फ्यू आदेश जारी गरिएको हो । झडपमा प्रहरीसहित ७ जना घाइते भएका छन् ।

EPIC EPIC EPIC

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शुक्रवार एक सूचना जारी गर्दै आज साँझ ५ः३० बजेदेखि शनिवार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम आदेश जारी गरिएको जनाइएको छ ।

कर्फ्यू आदेशसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजारिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्र भित्र कसैले आवतजावत गर्न , भेला हुन र बाहिर हिँडडुल गर्न पाउने छैनन् ।

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्नेस्थिति देखिएकोले कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी धमलाद्वारा जारी गरेको आदेशमा भनिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *