सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीलाई सामूहिकरुपमा बलात्कृत गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
सर्लाही सदरमुकाम मलङ्गवाको एक कलेजमा अध्ययनरत दुई युवतीहरूलाई आफ्नै साथीहरुले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
आफूहरु भदौ ३१ गते बलात्कृत भएको उजुरी असोज ९ गते पीडितले दिएपछि बलात्कार गरेको आरोपमा धनुषाका अनिकित कुमार यादव र पर्साका सुजित चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् । अर्का एक जना फरार छन् ।
मलङ्गवा-२ मा कोठा भाडा लिएर बस्दै आएका युवतीहरूलाई आफ्नो कोठामा भोज खान भनेर बोलाई तीनजना मिली बलात्कार गरेको प्रहरीले जनाएको छ ।