काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।
विश्व प्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको २४ औँ महाधिवेशनको लोगो र झण्डा सगरमाथामा फहराएका हुन् ।
अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिक तन्त्रको संरक्षणलाई केन्द्रमा राखेको बताएको छ ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले सगरमाथामा झण्डा फहराएकोमा आरोही शेर्पालाई धन्यवाद ज्ञापन गर्दै हिमाल संरक्षणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।