सवारी दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु अर्का एकजना घाइते

माडी नगरपालिकामा शनिबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ३४ वर्षिय सूर्य अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ ।

बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६–००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा राती १२ः १८ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारी माडीको सोमेश्वर माध्यमिक विद्यालयमा लेखापाल गर्दै आइरहेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै बेलेरोको ठक्करबाट गम्भिर घाइते भएका ३४ वर्षिय वेग खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा शनिबार साँझ नै मृत्यु भएको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मृतक खत्रीले सोही विद्यालयमा पढाउँदै आएका थिए ।

मोटरसाइकलमा सवार अर्का शिक्षक भवानी पौडेल भने घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *