सहयोगी मनहरु नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

बुधबारे । सहयोगी मनहरु नेपालले बिभिन्न समाजिक कार्यका साथै सहयोगका कार्यक्रमहरु गर्दै आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको छ। चितवनको देवघाट धाममा आयोजित कार्यक्रममा नेपाल भरीका सहयोगीमनहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवघाट धाम टोल बिकास समितिका अध्यक्ष प्राज्ञ मुकुन्दशरण सिग्देलको प्रमुख आतिथ्यमा रोटरी करुणालयका प्रतिनिधि, लायन्स क्लब ईन्टरनेस्नल अफ डिस्टिक ३२५ को क्लस्टर चिफ गैंडाकोटका मेघराज कडेल लगायतको उपस्थिति रहेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

संस्थाको वार्षिक प्रतिबेदन संस्थाका महासचिव बिष्णु उप्रेतीले प्रस्तुत गर्दै आगामी दिनहरुमा अझ ससक्त रुपमा सामाजिक कार्यमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका गण्डकी ,बाग्मति प्रदेश प्रमुख बालकृष्ण बस्ताकोटीले गरेका थिए ।

संस्थाको बारेमा संस्थाका उपाध्यक्ष सुमनराज रिमाल र कोषाध्यक्ष स्मिता खनालले प्रकाश पारेका थिए । संस्थाका बरिष्ठ उपाध्यक्ष नन्दीकेशर चापागाँईको सञ्चालमा सम्पन्न कार्यक्रममा संस्था तथा सामाजिक कार्यमा बिशेष योगदान दिनुहुने श्रीकृष्ण पन्डित,अनिसा शाक्य तथा बिष्णु कंडेल लाई संस्थाले सम्मान समेत गरेको थियो ।

सहयोगीमनहरु नेपाल टिकटक चलाउने युवाहरुको सकारात्मक सोच भएको संस्था र आगामी दिनमा अझ स्वास्थ शिक्षाको क्षेत्रमा शसक्त भएर अघि बढ्न र बिकृती बिसंगती बिरुद्ध लडदै समुन्न्त समाज निर्माणमा अघि बढ्नको लागि अतिथि बक्ताहरुले सुझाव दिएका थिए । संस्थाको वार्षिक उत्सवको पुर्व संध्यामा संस्थाले रोटरी करुणालय, रामजानकी बालिका कन्यागुरुकुलम देवघाट धाम, आमाको माया छात्रावास, भरतपुर महानगर पालिका १२ नम्बर वडा, कावासोती नगरपालिका वडानम्बर १२ लक्ष्मीनारायण बृद्धाआश्रममा बिभिन्न कार्यक्रम गरि करिब ३ लाख बराबरको सहयोग गरेको संस्थाका गण्डकी ,बगमतीका प्रदेश प्रमुख बालकृष्ण वस्ताकोटिले जानकारी गराए ।

संस्थालाइ राष्ट्रिय व्यापार संघ काठमाडौले न्यानो कपडा, राज क्षेत्री, राम गुरुङ, संगिता गौतम, राधिका कडरिया, पुजा धिताल, राधिका पौडेल मनु क्षेत्री तुला बास्कोटा ,श्रीलक्ष्मी बस्नेत , शान्ती श्रेष्ठ , राज श्रेष्ठ ,राधिका भन्डारी टंक बस्नेत, सरोज महतारा, प्रशु बिष्टससमीर केशि राम गुरुङ , मुकुन्द के सि रमेश कार्की लगायतको आर्थिक सहायतामा सहयोग कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *