Search
Close this search box.
Search
Close this search box.

सात दिन सात कार्यक्रम गर्दै बुधबारे जेसीजको ´जेसीज सप्ताह` सकियो

बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम २०२३ विविध कार्य गरि समापन भएको छ।

” द रियल हिरोस ” सम्मान कार्यक्रमको आयोजना गरि सप्ताह कार्यक्रम समापन गरिएको हो।बुद्धशान्ति गाउँपालिका क्षेत्रमा लामो समय बालबालिला स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको रुपमा योगदान पुर्याउनु भएकी बुद्धशान्ति-६ की कमला परियार र साबिक बुधबारे गाविस रहँदा त्यहाँ मातहतमा रही लामो समय सरसफाइकर्मीको रुपमा योगदान पुर्याउने बुद्धशान्ति -३ का हेमबहादुर तामाङ लाई द रियल हिरोको सम्मान पत्र ,दोसल्ला र नगत द्वारा सम्मान गरिएको छ।

EPIC EPIC EPIC

 बुद्धशान्ति गाउँपालिकाको सभाहलमा आयोजित समापन कार्यक्रमको संयोजन बुधबारे जेसीजका कार्यकारीणी उपाध्यक्ष सुजित बरालले गरेका थिए।बुधबारे जेसीजका वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरु भिम कुवर ,स्वस्तिका आचार्य र वीर बहादुर बेघा सहित बुधबारे जेसीजका पुर्व अध्यक्ष ,छिमेकी शाखा लगायत विभिन्न शाखाका जेसीज अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

दुर्योधन देव राजपुतको मुल संयोजनमा रहेको यस सप्ताह कार्यक्रममा सम्पुर्ण कार्यक्रम संयोजकहरु लाई प्रमाणपत्र तथा मायाको चिनो वितरण ,सहयोगी संचारकर्मीहरु लाई मायाको चिनो वितरण समेत गरिएको थियो। भाद्रा २२ गते शुक्रबार बाट सुरु भएको यस बुधबारे जेसीजको सप्ताह कार्यक्रम को पहिलो कार्यक्रम बुद्धशान्तिका कक्षा ८ सम्म अध्यापन हुने सामुदायिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरु लाई भारतको सिलिगुडीमा रहेको साइन्स सीटी अवलोकन गराइएकोको थियो भने त्यस पछि क्रमशः बुद्धशान्तिका सामुदायिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष ,प्रधानाध्यापक र शिक्षक प्रतिनिधि संग विद्यालय ब्यवस्थापनका चुनौती शीर्षकमा अभिमुखिकरण कार्यक्रम ,स्लो मोटरसाइकल रेस,जेसीज धारा समुद्घाटन, बुद्धशान्ति स्तरीय अन्तर मावि ( कक्षा ११ र १२) वक्तृत्वकला प्रतियोगिता र समापन अवसरमा द रियल हिरोस सम्मान कार्यक्रम आयोजना गरि सप्ताह समापन गरिएको हो।समपान सत्रको तथा जेसीज सप्ताह भरिका कार्यक्रम संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *