साबिक शान्तिनगर स्तरीय फुटबल कपको उपाधि वडा ५ लाई


शान्तिनगर, असोज १४ ।आइतबारे युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा भएको साबिक शान्तिनगर स्तरिय फुटबल कपको उपाधि बुद्धशान्ति ५ ले उचालेको छ ।

आज भएको उपाधी भिडन्तमा मुनामदन एकाडेमि बुद्धशान्ति ४ लाई १/० ले पराजित गर्दै बुद्धशान्ति ५ ले उपाधी चुमेको आयोजक समितिका अध्यक्ष रुवन खनालले जानकारी दिनुभयो । बुद्धशान्ति ५ का लागि एक मात्र निर्णायक गोल रितेस लिम्बुले गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

उपाधी उचाले सङ्गै बुद्धशान्ति ५ ले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उपबिजेतामा सिमित मुनामदनले नगद ७ हजारमा चित्त बुझाउन बाध्य बनेको थियो । प्रतियोगिताको उच्च गोलकर्ता बिजेता टिमका गणेश मगर र प्रातियोगिताकै सर्बोत्कृष्ट खेलाडी बिजेता टिमकै सुजन लिम्बू घोषित हुँदै सम्मानित हुनुभएको थियो ।

यसअघि भएको सेमिफाइनलमा मुनामदनले सट्टाभर्नालाई ३/१ ले र दोस्रो सेमिमा वार्ड ५ ले पिपल चोकलाई २/१ ले पाखा लगाउदै उपाधी भिडन्त पक्का गरेका थिए ।

बुद्धशान्ति ४ को बर्ने चिया कमानको वर्कसपमा जारी प्रतियोगिताको उपाधी अगडिको शो म्याचमा तरुण दल र युवा संघ एकआपसमा भएको खेलमा तरुण दलले बिजयी हासिल गरेको समितिका सचिव काशिहाङ चाम्लिङ राईले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको उपाधी बिजेता बुद्धशान्ति ५ ले आज मात्र अन्त्येष्टि गरिएका शान्तिनगर क्षेत्रमा लामो समयदेखी स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएको स्वर्गीय दान बहादुर श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै तिनकुने चोकमा द्दिप प्रज्वलन समेत गरेको खेल प्रेमी पोसन खतिवडाले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *