बर्दियाको बासगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।
अन्दाजी २४–२५ वर्षीया युवतीकाे शव फेला परेकाे हाे । उनकाे पहिचान खुलेकाे छैन ।
गाढा रातो रङको साधारण फिता भएको चप्पल, रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















