बुद्धशान्ति । हेभन्ली निभान पाथ नेपाल बुद्धशान्ति इकाई समितिको आयोजनामा बुद्धशान्ति वार्ड न ४ स्थित नवज्योति सामुदायिक वन उपभोक्ता समुहको परिसरमा अवस्थित सिरिजङा पार्क कुम्बिखाल सिम्सार पर्यटन क्षेत्रमा बिरुवा रोपिएको छ ।
विभिन्न प्रजातिका ४५० बिरुवा रोपिएको
हेभन्ली पाथ बुद्धशान्ति गाउँपालिका इकाई अध्यक्ष मनि कुमार राईले बताएका छन् ।

बिरुवा रोप्ने कार्यक्रममा झापा जिल्ला उपाध्यक्ष डि एस राई, नवज्योति सामुदायिक वनका पदाधिकारी,
नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल, जिल्ला बन बुद्धशान्ति महासङ्गका अध्यक्ष प्रकाश साम्सोहाङ्ग, बर्ने स्किम खानेपानीका सचिब प्रदिप राई, स्थानिय युवा ब्यक्तित्व राम कुमार दुमि राई, सुमन खालिङ्ग राई लगायतको उपस्थिती रहेको थियो ।

सोही संस्थाका सदस्य सुरेन सुसारा राईले जन्मदिनको अवसरमा बिरुवा समेत उपलब्ध गराएका थिए ।




















