सिलिगुडी। भारत सिलिगुडीको मतिगढामा एक बालिका छात्राको दुष्कर्मपछि हत्या गरेको घटनामा दोषी मोहम्मद अब्बासलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। २१ अगस्ट २०२३ मा घटेको यो जघन्य अपराधमा मोहम्मद अब्बासले सुनसान ठाउँमा बालिकालाई दुष्कर्म गरेर ढुंगाले प्रहार गरी हत्या गरेको थियो।
घटना भएको राति नै मतिगढा पुलिसले मोहम्मद अब्बासलाई पक्राउ गरेको थियो। त्यसपछि, जनवरी २०२४ देखि अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया सुरु भयो। मुद्दामा २२ जना साक्षीहरूले गवाही दिए।
बुधबारको सुनुवाइमा न्यायाधीशले मोहम्मद अब्बासलाई दोषी करार गरे पनि सजायको घोषणा शुक्रबारका लागि तोकिएको थियो। तर, शुक्रबारको सुनुवाइमा सजाय घोषणा नगरिएपछि शनिबार पुनः सुनुवाइ गरी हिजो दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको हो।