सैनिकमोडका होटलमा अनैतिक गतिविधि बढेपछि प्रहरीको छापा, १८ वर्षीया युवती नियन्त्रणमा

झापा- झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित सैनिकमोड क्षेत्रका होटलहरूमा अनैतिक क्रियाकलाप र यौन व्यवसाय हुने गरेको जनगुनासो बढेपछि प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ।

यसै सिलसिलामा बिहीबार साँझ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको विशेष टोलीले स्थानीय ‘आसाम होटल एण्ड लज’ मा छापा मारेको थियो। चेकजाँचका क्रममा होटलको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा फेला परेकी बिर्तामोड–७ निवासी करिब १८ वर्षीया युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

EPIC EPIC EPIC

पक्राउ परेकी युवतीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने उनका परिवार र आफन्तलाई सम्पर्क गरी जानकारी गराउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सैनिकमोड क्षेत्र आँखा उपचारका लागि आउने भारतीय नागरिकहरूको बाक्लो आउजाउ हुने क्षेत्र हो। यही भिडभाडको फाइदा उठाउँदै केही होटल सञ्चालकहरूले भारतीय ग्राहकहरूलाई लक्षित गरी यौन व्यवसाय सञ्चालन गरिरहेको भन्दै स्थानीयले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *