भद्रपुर, श्रावण २४। भद्रपुर नगरपालिका १ पाण्डेचौक स्थित कचनकवल ६मा रहेको कचनकवल माध्यमिक विद्यालयको बसले ठक्कर दिंदा मोटरसाइकल सवार दुइजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार आज करिव साढे ९ को समयमा विद्यार्थी बोकी विद्यालय तर्फ आउँदै गरेको मे १ ख ५६५३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प १२७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइक सवार भद्रपुर १ का २१ वर्षीय सुमन तामाङको खुट्टा र हातमा घम्भिर चोट र त्यस्तै पछाडी सवार उनका १६ वर्षीय भाइ सुजन तामाङको कम्मर खुट्टा र टाउकोमा चोट लागेको छ। घाइते दुबैलाई भद्रपुर स्थित ओम साईँ पाथिभरा अस्पताल लगिएको छ।
त्यस्तै कचनकवल ६ बस्ने स्कुल बस चालक ३४ वर्षिय नारायण ढुंगेल र दुर्घटनाग्रस्त बस र मोटसाइकललाई इलाका प्रहरी कार्यालय पृथ्वीनगर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।





















