स्मृति दिवसमा यशोदा निरौला प्रतिष्ठानद्धारा अपाङ्गलाई ह्वील चियर वितरण

received 1958827871150533

झापा(पालिका सन्देश)- यशोदा निरौलाको आठौं स्मृति दिवस तथा सभाको अवसर पारेर बिर्तामोडमा आइतबार (आज) एक लाख रुपैयाँ बराबरको ह्वील चियर वितरण गरिएको हो । यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड– ५ झापाले अपाङ्गलाई निःशुल्क ह्वील चियर वितरण गरेको हो ।

received 816703403134438

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथी गोम्देन र प्रतिष्ठानका संरक्षक प्रेमप्रसाद निरौलालले संयुक्त रुपमा ह्वील चियर वितरण गरेका हुन् । 

EPIC EPIC EPIC

कार्यक्रममा अपाङ्ग भएका अर्जुनधारा–७ का टेकबहादुर राई, १० का सत्यनारायण चौधरी, ९ का सन्तोष राजवंशी र दलबहादुर कार्की, ६ का युदेन लिम्बु, बिर्तामोड –६ का सुनिता शर्मा, २ का पुकार राजवंशी, १० का सोमबहादुर लिम्बु र कनकाई–७ का झकडबहादुर दर्जीगायतलाई ह्वील चियर वितरण गरिएको छ । 

received 161235353378536

स्वागत संस्थापक अध्यक्ष बिष्णुकुमार निरौलाले गरेको कार्यक्रममा प्रमुख अतिथि तामाङ, सञ्चारकर्मी कुमार भट्टराई, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष सुश्मा भण्डारी पौडेल, जेष्ठ नागरिक सभाहल निर्माण उपभोक्ता समितिका संयोजक नारायण चिमरिया, पाथिभरा टोल सुधार संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटी, पाथिभरा टोल सुधार संस्था जेष्ठ नागरिक समुहका अध्यक्ष भवानीप्रसाद चिमरियालगायतले शुभकामना मन्तव्य राखेको पुष्प आचार्यले जानकारी दिए । 

अपाङ्गको समस्या र कार्यक्रमको औचित्यमाथि प्रकाश अपाङ्ग समाज अर्जुनधाराका अध्यक्ष खेम रेग्मीले पारेको कार्यक्रमको सञ्चालन समाजसेवी पण्डीत भिम नेपालले गरेको प्रतिष्ठानका संस्थापक सदस्य राम आचार्यले बताए । 

प्रतिष्ठानले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याजबाट प्रत्येक बर्ष असाहय, दीनदुःखी, सामाजिक तथा धार्मिक संघ÷संस्थालाई सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव तथा स्व.यशोदा निरौलाका श्रीमान रमेश निरौलालले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च