स्याङ्जामा पनि देउसी भैलो खेल्न रोक

स्याङजा । बढ्दो कोरोना संक्रमणका कारण देखाउँदै स्याङ्जा प्रशासनले यस वर्षको देउसी भैलो लगायतका सामूहिक भेटघाट र शुभकामना आदानप्रदानमा रोक लगाएको छ। तिहारको समयमा गरिने मनोरञ्जनात्मक कार्यहरु देउसी भैली, नाचगान, पीङ खेलाउनेलगायतका अन्य सामूहिक गतिविधि संचालन नगर्न प्रशासनको अनुरोध हो।

चाडपर्व घरपरिवारभित्र मनाउन पनि प्रशासनको सुझाव छ। मठमन्दिर, चर्च, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा गरिने दैनिक पूजाआजा बाहेकका अन्य गतिविधि पनि नगर्न सुझाव दिएको छ।

EPIC EPIC EPIC

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नवराज बरालतद्धारा हस्ताक्षरित सूचनामा मेला महोत्वस नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्ने, सार्वजानिक सवारीको सञ्चालनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, साबुनपानी तथा स्यानिटाइजरले हात धुने बानीको विकास गर्न उल्लेख छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *