स्रोत नखुलेको दश लाख भारूसहित तीन जना पक्राउ

स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। 

आइतबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

EPIC EPIC EPIC

पक्राउ पर्नेमा भारतको महाराजगन्ज सुनौली ग्रामपंचायत-२० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर हमायुपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी छन्। 

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवा आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यान रोकेर चेक गरेको थियो। 

चेक गर्नेक्रममा राजु कौशलबाट ९ लाख भारतीय रुपैयाँ, अभिनव जैसवाल र आस्तिक त्रिपाठीबाट एक लाख भारतीय रुपैयाँ बरामद गरेको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च