स्वयंसेवीकालाई प्राेत्साहित गर्दै राेङ गाउँपालिका

जनक न्यौपाने  /२० मंसिर,राेङ

निस्वार्थ सेवा गरेर समुदायिक स्वास्थ्यमा सुधारकाेलागि खटिरहने महिला स्वय सेबिकाहरुलाई ईलामकाे राेङ गाउपालिकाले प्राेत्साहित गरेकाे छ ।
हिजो १९ अाै सामुदायिक स्वास्थ  स्वयसेविका दिवसकाे अवसरमा एक कार्यक्रम गर्दै पुरस्कार र मायाकाे चिनाे बितरण गरेर उनिहरुले गर्दै अाएकाे कामप्रति  हाैसला र प्रेरणा जगाउने प्रयत्न गरेकाे हाे। उक्त दिवसमा भएकाे कार्यक्रममा हरेक वडाका उत्कृस्ट कामगर्ने एक जनालाई पुरस्कार मायाकाे चिनाे र प्रमाणपत्र बितरण गरिएकाे थियाे भने अन्य उन्सठि जनालाई मायाकाे चिनाे बितरण गरिएकाे थियाे ।यसरी पुरस्कार  पाउनेहरुमा वडा न १ बाट बुद्धि माया राई ,२की रुका दहाल,३की अानन्दिकुमारि राई ,४ काकतिता राई,५कीभद्रशिला राई र६ की डुकिमाया प्रधान रहेका छन् । गाउँपालिकाले बिशेष कार्यक्रम गरेर अाफुहरुलाई पुरस्कृत गरेकाेले कामप्रति थप जिम्वेवारी थपिएकाे वडा न ६ का महिला स्वंयसेबिका डुकिमाया प्रधानले बताइन् ।
राेङ गाउँपालिका स्वास्थ शाखाले गरेकाे साे कार्यक्रम स्वास्थ शाखा प्रमुख युवराज काफ्लेकाे अध्यक्षता गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेकाे प्रमुख अातिथ्यता,प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दहाल,उपाध्यक्ष बिस्नुमाया भुजेल बिशिष्ट अातिथ्यता,जिल्ला स्वास्थ कार्यलय ईलामका निमित्त प्रमुख बिमल बराल,जिल्ला स्वास्थ  कार्यलय ईलामका परिवार नियाेजन तथा महिला स्वास्थ्य स्वयसेविका फाेकल पर्सन लक्षमण ढकालकाे बिशेष  अातिथ्यता गाउपालिकाका शाखा प्रमुखहरु र जिल्ला स्वास्थ्य कार्यलय  ईलामका ल्याव टेक्निसियन युवनाथ बरालकाे अातिथ्यतामा भएकाे कार्यक्रमामा स्वय सेबिकाहरुबिच हाजिरिजवाफ सगै स्वास्थ सबन्धि गित र कबिताबाचन समेत भएकाे थियाे ।
राेङमा अहिले ६५ जना महिला स्वास्थ  स्वय सेबिकाहरु रहेका छन् भने उनिहरुले सघिय सरकारकाे अनुदानमा मासिक एक हजार भत्ता बार्षिक १० हजार पाेषाक खर्च पाउने गरेकाछन् भने गाउँपालिकाले थप १ हजार मासिक भत्ता,बैठक भत्ता ६ हजार,नि:शुल्क स्वास्थ्य  बिमा र बिभिन्न राष्ट्रिय खाप अभियान लगायतमा भत्ता मात्रै उपलब्ध गराउने गरेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च