Search
Close this search box.
Search
Close this search box.

स्वास्थ्यलाई फाइदा पुर्‍याउने एभोकाडो

एभोकाडोलाई कतिपयले ‘घ्यूफल’ भनेर पनि चिन्छन् । एभोकाडो एउटा पोषिलो फल हो जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, यो फलको महत्वबारे कमैलाई मात्र थाहा छ ।

यो फलमा विभिन्न २० थरिका भिटामिन तथा खनिज पाइन्छ । जसले विभिन्न प्रकारका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पुर्‍याँउछ । एभोकाडो मोटोपन, मधुमेह, मुटुको रोग कम गर्नको लागि सहयोगी मानिन्छ । तैपनि, सबैलाई यो फलको स्वाद मन नपर्न सक्छ । मन नपरे पनि स्वास्थ्यप्रति सजग रहनेहरूले भने एभोकाडो खान रुचाउँछन् ।

EPIC EPIC

एभोकाडोमा अत्याधिक मात्रामा पोटासियम पाइन्छ, जुन अरु फलफूल वा खानेकुरामा पाइँदैन । यसले उच्च रक्तचापलाई घटाउनुका साथै हृदयघात र मृगौलासम्बन्धी रोगबाट बचाउन सहयोग पुर्‍याउँछ ।

त्यस्तै एभोकाडोमा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले वजन घटाउन र रगतमा हुने चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । मधुमेहका बिरामीलाई पनि एभोकाडो फाइदाजनक हुन्छ । यसको फलबाहेक पात पनि मधुमेह कम गर्न लाभदायक हुन्छ ।

एभोकाडोको पातले रगतमा चिनीको मात्रा कम गर्न सहयोग पुर्‍याउँछ । साथै फाइवरयुक्त एभोकाडोले कब्जियत हुन दिँदैन र पाचनप्रणालीलाई समेत स्वस्थ बनाउँछ । यसमा हुने एन्टी अक्सिडेन्टले आँखाको दृष्टि सुधार्न मद्दत गर्छ ।

एभोकाडो खानुका फाइदा

– मधुमेहबाट बचाउँछ

– आँखालाई स्वस्थ राख्छ

– रोग प्रतिरक्षात्मक क्षमता बढाउँछ

– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ

– वजन घटाउन सहयोग गर्छ

– उच्च रक्तचापलाई घटाउँछ

– हृदयघात र मृगौलासम्बन्धि रोगबाट बचाउन सहयोग पुर्‍याउँछ

– पाचनप्रणालीलाई स्वस्थ राख्छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *