झापा, अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अम्बरबहादुर राई निर्वाचित भएका छन्। हिजो सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका थिए।
राईले ३४२ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी चन्द्रप्रसाद प्रसाईले ३२१ र सन्तबहादुर मगरले १८९ मत प्राप्त गरे। प्रसाई यसअघि अध्यक्षको जिम्मेवारीमा थिए।
त्यसैगरी, उपाध्यक्ष पदमा कमलबहादुर फुयल ४४० मतसहित विजयी बनेका छन् भने उनका प्रतिद्वन्द्वी हेमबहादुर लम्सालले ३२५ मत प्राप्त गरे। महिला सचिव पदमा विमलादेवी बुर्जा मगर ३८९ मतसहित निर्वाचित भइन्, जहाँ भद्रिका विश्वकर्माले ३६१ मत प्राप्त गरिन्।
सहसचिव पदमा तेजबहादुर मगरले ४५२ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी यामबहादुर राईले २८४ मत प्राप्त गरे। कोषाध्यक्षमा आरती थेवे ३६० मतसहित विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी सीता खतिवडाले ३३२ मत प्राप्त गरिन्।
महिला सदस्यतर्फ उषा कडरिया (४०६), चन्द्रकला काफ्ले (३३०), मनुषा बस्नेत बानियाँ (३२३) र मुना पाठक रिजाल (३०६) मतसहित निर्वाचित भए।
पुरुष सदस्यतर्फ खड्गबहादुर लिम्बू (२०८) र योगेश येक्तेन लिम्बू (१९३) मतसहित विजयी बने। जनजाति सदस्यतर्फ मनबहादुर मगर (३०१) र दलित सदस्यतर्फ मुनाकुमारी कामी (३१८) मतसहित निर्वाचित भए।
समूहको १३ सदस्यीय कार्यसमितिका लागि ३१ जनाले उम्मेदवारी दिएका थिए।