९२ वर्षीया हजुरआमाको आँट, माया र दृढ निश्चयले एक ऐतिहासिक क्षणको साक्षी बनेको छ। विद्यालयको पहिलो दिन प्रिन्सिपलसँग विनम्र अनुरोध गर्दै हजुरआमाले भनेकी थिइन्,”यो नानीको आमा पनि छैन, बुवा पनि छैन। जति सम्म पढाइदिन सक्नु हुन्छ, पढाइदिनु।”त्यो नानी आज नेपाल मेडिकल काउन्सिल (NMC) को परीक्षा पास गरी पंजीकृत चिकित्सक (Registered Doctor) बनेकी छिन्।
लक्ष्मी रानाभाट — एउटा यस्तो नाम जसले सधैंका लागि सङ्घर्ष, प्रेरणा र सफलताको प्रतीक बन्नेछ।पिता–माताको अभावमा पनि हजुरआमाको अपार माया, संरक्षण र शिक्षाको महत्त्वबोधले उनी आज यहाँसम्म आइपुगेकी हुन्।यस यात्रामा “आमा स्मृति प्रतिष्ठान” बाट प्राप्त छात्रवृत्तिको भूमिका पनि अतुलनीय रह्यो।

यस संस्थाले समयमै आर्थिक सहयोग र मनोबल प्रदान गरेकै कारण लक्ष्मीले आफ्नो सपना पछ्याउन सकिन्।आज लक्ष्मीको सफलतासँगै, केवल एक जना डाक्टर मात्र होइन, एक समर्पित, संवेदनशील र प्रेरणादायी पात्र नेपाली समाजले पाएको छ।हजुरआमाको संघर्ष, आमा स्मृति प्रतिष्ठानको समर्थन र लक्ष्मीको अथक मेहनतको यो समिश्रण सबैका लागि अनुकरणीय छ।
लक्ष्मी रानाभाटलाई हार्दिक बधाई र आगामी चिकित्सकीय यात्राका लागि शुभकामना!



















