Search
Close this search box.
Search
Close this search box.

हज यात्रीलाई मक्काको लागि गृहमन्त्री लामिछानेले गरे विदाइ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १५० हज यात्रीलाई विदाइ गरेका छन् ।

गृहमन्त्री लामिछानेले बुधबार राति विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् । हिजरी संवत् १४४५ को हजका लागि पहिलो टोली साउदी अरब प्रस्थान गरेको हो।

EPIC

पहिलो समूहको उडानमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना सहभागी भएका छन् ।
हज यात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

यस वर्ष जम्मा ७६४ जना हजयात्री जाने समितिले जनाएको छ । बुधबार राति गएका हजयात्री साउदी अरबमा ४४ दिनको बसाईपछि २९ जुनमा फर्कने कार्यक्रम रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *