इलाम । इलामको सूर्योदय नगरपालिका ६ हर्कटेमा भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार ३ः१५ बजे कुटिडाँडाबाट फिक्कल तर्फ गइरहेको मे १ ज ३३०७ नम्बरको भेन सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि माइजोगमाई ४ नाम्सालिङ निवासी रामप्रसाद तिम्सिना र भरतप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भिर घाइते ७६ बर्षीय तिम्सिना र ४० बर्षीय घिमिरेको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनाबाट सोहि स्थानका ४० बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीय पदम तिम्सिना र पदमका ४ बर्षीय छोरा प्रकृत तिम्सिना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । त्यस्तै, सोहि स्थान बस्ने ३१ बर्षीया यशोदा घिमिरे, मृतक भरतका छोरा ९ बर्षीय भर्षन घिमिरे र छोरी २ बर्षीया प्रया घिमिरे घाइते भएकोर झापाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
चालक माइजोगमाई ४ बस्ने ३६ बर्षीय भिम खवास सामान्य घाइते भएको र इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।