Search
Close this search box.
Search
Close this search box.

हातेमालो सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न

बुद्धशान्ति । हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति झापाले आफ्नो २३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शुक्रबार रामजानकी मन्दिरको सभाहलमा सम्पन्न साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष गोविन्द प्रसाद पौडेलले गरेका थिए ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मीरा भुर्तेलको बिशिस्ट आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष कमल प्र. उप्रेती र अतिथिका रुपमा रामजानकी मन्दिरका अध्यक्ष बेनुप्रसाद पनेरु लगायतको आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC

साधारणसभाकै अवसर पारेर सेयर सदस्यको छोराछोरी मध्ये एस.ई.ई. मा उत्कृष्ट जि.पि.ए ल्याउने छात्रा तथा छात्रलाई रु१५०५ सहित प्रशंसा पत्र वितरण गर्नुका साथै उक्त विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई पनि सम्मान पत्र वितरण गरिएको थियो।

त्यस्तै उत्कृष्ट ऋणी, उत्कृष्ट वचतकर्ता र उत्कृष्ट बाल वचतकर्तालाई कदर पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा सभापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आ.व २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, २०७८/०७९को प्रस्तावित नीति तथा कार्यक्रम र बजेट स्वीकृत कार्यक्रम समेत भएको थियो ।

संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद उप्रेतीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिएभने सन्चालन समितिका सदस्य केशव ढुंगेले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *