हात्तीबाट जिउधनको सुरक्षाको माग गर्दै झापावासीले गुहारे प्रशासन

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जंगली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् । हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा विगत ६ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको रक्षाको माग गरिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

हात्तीपीडित संघर्ष समिति बुद्धशान्तिले बुझाएको ज्ञापन पत्रमा जंगली हात्तीले हालै वडा नं १,२ र ३ मा २५० घर भत्काइदिएको र १२ लाख मूल्यभन्दा बढीको अन्नबाली खाइदिएको उल्लेख गरिएको छ ।

हात्तीको आक्रमण हुने त्रासले लामो समयदेखि स्थानीयले रातको समयमा नसुति बस्नुपर्दा महिला तथा बालबालिकामा मनोवैज्ञानिक असर पर्न थालेको पीडितहरूले मागपत्रमा उल्लेख गरेका छन् ।

उनीहरूले स्थानीयको जिउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा सुरक्षा गस्तीको व्यवस्था गर्नुपर्ने, वनक्षेत्रको वरिपरी सोलार फेन्सिङ जडान गरी दीर्घकालीन रूपमा हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, बस्तीमा आउने हात्तीलाई लखेट्न पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग माग गरेका छन् ।


समितिका सचिव सीताराम बाँस्तोलाले हात्तीले गरेको क्षतिको क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो, राहत पर्खन लामो समय लाग्ने र क्षतिको मूल्याङ्कनभन्दा कम राहत राज्यले प्रदान गर्ने प्रक्रियाले पीडित झन् पीडित हुनुपरेको बताए ।

हात्तीपीडित सङ्घर्ष समितिले जायज मागको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिनसमेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ । समितिले आजै बुद्धशान्ति गाउँपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सशस्त्र प्रहरी बल, श्रीनाथ गण चारआली र राष्ट्रिय अनुसन्धान कार्यालय झापामा समेत ज्ञापन पत्र बुझाएका छन् ।

हात्ती आक्रमणबाट आजै मात्र मेचीनगर–१३ मा एकजना वृद्धको ज्यान गएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. झापा का सबै स्थानीय निकाय हरु एक भएर यस विषयमा हातेमालो गरेर अघिबड्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *