Search
Close this search box.
Search
Close this search box.

‘हाम्रो दादा भित्ती केटाहरुसँग बसेर केही खाइरहेको थियो’

बिष्णुप्रसाद लामिछाने, बुधबारे । आफ्नो दाइ पनि साथीहरूसँग बसेर लागुपदार्थ सेवन गरेको देखेपछी छोरी आत्तिदै गएर आफ्नी आमालाई सुनाउछिन।
‘आमा ए! आमा हाम्रो दादा त भित्ती केटाहरु सँग बसेर के के खाँदै थियो ।’

आमाले उल्टै छोरीलाई चड्काउछिन र भन्छिन, “साथीहरू बसेर गफ गरेको हुन सक्छ, मेरो छोरा कति ज्ञानी छ, दाइको आरिस गर्छेस? तलाई कुटाई नपुगेको”

EPIC EPIC EPIC

परिवर्तन थिएटरले सडक नाटक “फर्मुला” देखाँउदा आमा र छोरी वास्तविक नभएपनी छोरीले खाएको चड्कन भने वास्तविक थियो।

बुधबारे सामुदायिक प्रहरीसेवा केन्द्र बुद्धशान्तिको आयोजनामा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले सोमबार बुद्धशान्तीका २ स्थानमा नाटक प्रस्तुत गरे।

लागुपदार्थ दुर्व्यसन न्युनीकरण, महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्ध चेतना जगाउने कचहरी सडक-नाटक प्रस्तुत गरेका हुन् ।

अभिभावकको लाड प्यार पाएर हाम्रो समाजमा धेरै किशोर-किशोरीहरु लागुपदार्थ दुर्व्यसनमा फँसीरहेको ज्वलन्त उदाहरण नाटकमा प्रस्तुत गरिएको थियो।

अभिभावकले सन्तानका आवश्यकता निसन्कोच पूरा गर्ने, जति पैसा मागेपनी उपलब्ध गराउने,घर आउने र जाने समयको ख्याल नगर्ने, उसको संगतबारे चासो नदिदाँ नाटकका एक किशोरावस्थाका पात्र कुलतमा लाग्छन्।

गलत संगतका कारण ती किशोर चुरोट तान्ने देखि सुइबाट नशालु पदार्थको सेवन गर्ने दुर्ब्यसनी बनिसकेका हुन्छन्।

सन्तान कुलतमा लागेको कुरामा अभिभावकलाई पस्चताप हुन्छ। छोरो बिग्रनुमा एक-अर्कालाई दोषारोपण गर्दै उनिहरु बिलाप गर्छन्।

नाटकको अन्त्यमा छरछिमेक र सामाजिक अगुवाको सहयोगमा आफ्नो सन्तानलाई सुमार्गमा लगाउने कसम खाँदै नाटक टुङ्गियो।

सामुदायिक प्रहरी सेवाकेन्द्र बुद्धशान्तिका अध्यक्ष धरणी पोख्रेलको सभापतित्वमा चेतनामूलक “सडक नाटक-फर्मुला ” प्रस्तुत भएको हो।

प्रदेश सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बुद्धशान्ती गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलको उपस्थिति थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यलय काकडभिट्टाका सुनिल दाहाल,इलाका प्रहरी कार्यलय धुलाबारीका बिकास राई,इलाका प्रहरी कार्यलय बुधबारेका राजेन्द्र चौहान सशस्त्र बेस क्याम्प टिमाईका सत्यनारायण चौधरी, वडाध्यक्षहरु बासुदेव खतिवडा, शम्भुप्रसाद पौडेल,सामुदायिक प्रहरी केन्द्रका पदाधिकारी लगायत उपस्थित थिए।

गडिगाँउ माविको प्राङ्गणमा बिद्यार्थी,शिक्षक र अभिभावकका माझ प्रस्तुत भएको नाटक सबैका लागी उपयोगी भएको बिद्यालयका प्रधानाध्यापक घनश्याम आचर्यले बताए।

परिवर्तन थिएटरकी अध्यक्ष लिला भट्टराई, कलाकारहरु लोमश पौडेल, नवराज पाठक, अस्मित आचार्य, गगन क्षेत्री, प्रतिक्षा आचार्य, रिजु कार्की, कबिता पौडेलले अभिनय गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *