हालसम्म जाजरकोट र रुकुमकाे भूकम्पमा भुकम्पमा परी ६४ जनाको मृत्यु पुष्टि,

मध्ये राति गएकाे भूकम्पमा परेर जाजरकोटको नलगाड नपाकी उपमेयर सरिता सिंह सहित दजर्नाैको दुःखद निधन भएको छ ।

जाजरकोट र रुकुममा  भूकम्पमा परि अहिलेसम्म ६४ जनाको ज्यान गएको पुष्टि रेडियाे नेपालकाे अनलाइन समाचारमा उल्लेख छ ।  गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ ।

EPIC EPIC EPIC


जाजरकोट आसपासलाई केन्द्र बनाएर २०८० कात्तिक १७ गते  राति ११ बजेर ४९ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुममा धेरै क्षति भएको छ ।


जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा   वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षीया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

    भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन ।

चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

    जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षति भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *