हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक कुटपिट गर्ने चार जना पक्राउ

मकवानपुरको हेटौँडा उपहानगरपालिका–१ स्थित सञ्चो हस्पिटल प्रालिका दुई जना चिकित्सकलाई निर्घात कुटपिट गरेको आराेपमा चार जना पक्राउ परेका छन् ।

हेटाैँडा-१२ का राजेश प्रधानकाे एक महिनाअघि चितवनमा उपचारका क्रममा मृत्यु भएकाे थियाे । चितवन जानुअघि प्रधान सञ्चाे हस्पिटल उपचारका लागि गएकाे र चिकित्सकहरूले स्वास्थ्यमा सुधार देखिएकाे भन्दै घर पठाइदिएका थिए । उपचारमा लापरबाही गर्दा प्रधानकाे मृत्यु भएकाे आराेपमा सञ्चाे हस्पिटलका दुई चिकित्सकमाथि बुधबार दिउँसाे निर्घात कुटपिट भएकाे थियाे । 

EPIC EPIC EPIC

मृतक प्रधानका परिवार र आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न रहेको आरोपमा प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरूले हातपात गरेका हुन् ।

कुटपिटबाट डाक्टर बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डाक्टर थापाको गाला र अनुहार सुनिएको छ ।
चिकित्सकमाथि कुटपिटको घटना बुधबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मिलाउन खाेजिएको थियाे ।

तर, पीडित चिकित्सकहरूले कानुनी कारबाही हुनुपर्ने अडान लिएका थिए । त्यसपछि मकवानपुर प्रहरीले बिहीबार घटनामा संलग्नहरूलाई पक्राउ गरेकाे हाे । प्रहरी कार्यालयमा मिलापत्र गराउन खाेज्दा मृतकका आफन्तले चिकित्सकहरूलाई उजुरी हाले काट्ने धम्की दिएकाे भन्दै जिल्लास्थित सबै चिकित्सकहरूले सामूहिक राजीनामा दिने तयारी गरेका थिए ।

राजीनामाकाे चेतावनी पछि कुटपिटमा संलग्न भएकाे आराेपमा मृतक परिवारका चार जनालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएकाे हाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च