१०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित

गुजरातसरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको छ ।  कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको हो । 

प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।

EPIC EPIC EPIC

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो ।  न्युज कारखाना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *