१० महिनामा नौं लाख ४३ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं। सन् २०२५ को १० महिना (जनवरीदेखि अक्टोबरसम्म) करिब साढे नौं लाख पर्यटक नेपाल भित्रिएका छन् । अर्थ मन्त्रालयका अनुसार सन् २०२५ जनवरीदेखि अक्टोबरसम्म नेपाल घुम्न आउने पर्यटकको संख्या नौ लाख ४३ हजार ७१६ पुगेको छ । सन् २०२४ को सोही अवधिमा यस्तो संख्या नौ लाख ४१ हजारभन्दा बढी थियो ।

गत वर्षको तुलनामा यो ०.३ प्रतिशतले वृद्धि हो । यसैगरी, अक्टोबरमा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन पछिल्लो ६ वर्षको अक्टोबर महिनामा नेपाल आएका पर्यटकको संख्यामध्ये सबैभन्दा बढी हो । सन् २०२४ को अक्टोबर महिनामा नेपाल भित्रिने पर्यटकको संख्या एक लाख २४ हजार ३९३ थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *