१६ दिने नवजात छोरी शिशुको हत्याको प्रयास गर्ने आफ्नै आमा पक्राउ

दाङ। दाङको लमहीमा १६ दिने नवजात शिशु छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । 

लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

EPIC EPIC EPIC EPIC EPIC

‘घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको छ,’ एसपी केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ।’

शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो। 

‘चिकित्सकहरूले सुत्केरीपछि कतिपय आमाहरू डिप्रेसनमा पुग्न सक्ने कुरा अवगत गराएका छन्,’ एसपी केसीले भने ‘प्रहरी नियन्त्रणमा रहेकी आमाले मानसिक स्वास्थ्यमा समस्या देखिएको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको कुरा आएको छ।’

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले पनि प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएको हुँदा उपचारका लागि पठाउनेबारे भन्ने छलफल भइरहेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *