काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले करिब १ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको पुरुष कन्डम खरिद गर्न लागेको छ।
यसका लागि विभागले एमएस मेडीगोल्ड इन्टरनेशनल प्रालिलाई आपूर्तिकर्ता कम्पनीको रूपमा छनोट गरेको छ। यद्यपि विभागले कन्डमको परिमाण भने सार्वजनिक गरेको छैन।
खरिद गरिन लागिएको कन्डम पछिल्लो म्याद (फ्रेश उत्पादन) भएको विभागले स्पष्ट पारेको छ। जनस्वास्थ्यका दृष्टिले कन्डमको प्रयोगलाई प्रोत्साहन गर्न र विभिन्न यौन रोगको नियन्त्रण गर्न सरकारद्वारा हरेक वर्ष कन्डम खरिद गरिँदै आएको छ।



















