काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार २ उद्योग तथा फर्मलाई ४ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले बुधबार १६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–२२ स्थित सुज स्टोर र रेज बिजनेस प्रालिलाई समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।



















