५०० बढेर तोलाको १ लाख ९३ हजारमाथि पुग्यो सुनको मूल्य

काठमाडौं- यो साता निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ।

बुधबार सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार दुईसय रूपैयाँ पुगेको छ।

EPIC EPIC EPIC EPIC EPIC

मंगलबार सुन प्रतितोला २ हजार ९ सयले बढेर प्रतितोला एक लाख ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

यो साता आइतबार तोलामा तीनसय र सोमबार एक हजार रूपैयाँले सुनको मूल्य बढेको थियो।

चाँदीको मूल्य पनि बुधबार प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला २ हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला दुई हजार ७५ रूपैयाँ तोकिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *