६ स्थानमा राजमार्ग पूर्ण अवरुद्ध


काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । ६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । 

अर्घाखाँचीको कक्रहवा (भारत सिमा) रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तीवाङ–ढोरपाटन सडकखण्डड पूर्णरुपमा अवरुद्ध भएको छ । 

EPIC EPIC EPIC EPIC EPIC

सल्यानमा पनि सडक अवरुद्ध भएको छ । जिल्लाको अमेलिया– तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट (राप्ती राजमार्ग)मा पूर्णरूपमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

सिन्धुपाल्चोकमा पनि सडक अवरुद्ध भएको छ । काठमाडौं– धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी (अरनिको राजमार्ग) अवरुद्ध छ । 

गुल्मीमा तानसेन–रिडी–कोरला सडक पनि अवरुद्ध भएको छ । देशभर गरेर ४१ वटा सडक एकतर्फी अवरुद्ध भएका विभागले जनाएको छ । 

विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *