७० लाख अक्षयकोष खडा गर्दै बुद्धशान्तिमा बर्खा स्मृति प्रतिष्ठानको उद्घाटन

बुद्धशान्ति । झापाको बुधबारेमा बर्खा स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको छ । सामाजिक क्षेत्रमा कार्य गर्ने मुख्य उद्धेश्य राखेर उक्त संस्थाको शनिवार एक भव्य समारोहका बिच औपचारिक रुपमा उद्घाटन गरिएको हो । दु:ख, आपतविपतमा परेका नागरिकहरुई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने गरि बुद्धशान्तिमा बर्खा स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको हो । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मदन कुमार प्रसाईँको अध्यक्षता, माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाको प्रमुख आतिथ्यता साथै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणी पोखरेल, लगायत विभिन्न सामाजिक व्यक्तिको उपस्थितिमा ५० लाख अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापन का लागि गरेर ७० लाख रुपैयाँमा प्रतिष्ठानको छुट्याइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

बिस २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा रहेकी बर्खा खड्का २०७२ सालमा बुद्धशान्ति कै स्थानीय समाजसेवी मदन प्रसाईँ सँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । तत्पश्चात् आप्रवासीहरूको क्षेत्रमा काम गर्ने संस्था आइवोएममा जोडिएर कामको सिलसिलामा अमेरिकामा रहेकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामानै मृत्यु भएको थियो । मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहेकी बर्खाको अल्पायुमै मृत्यु भएकोले उनकै सम्झनामा यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईँले जानकारी दिएका छन् ।

समितिमा को को छन् ?
प्रतिष्ठानको अध्यक्ष मदन प्रसाईँ स्वयं रहेका छन् भने उपाध्यक्षमा हेमबहादुर प्रसाईँ, सचिवमा मदन मगर, सह सचिवमा अम्बिका घिमिरे प्रसाईँ, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरूमा मनोज प्रसाईँ, धर्म कडरिया, प्रल्हाद खड्का र पवित्रा माया थापा खड्का रहेका छन् ।

संस्थाको कार्यलय उद्घाटन
प्रतिष्ठानको कार्यसम्पादनमा सहजता ल्याउनका लागि कार्यलय समेत खोलिएको छ । जुन महिला सामुदायिक स्वास्थ्य केन्द्रको दास्रो तल्लामा रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *