​९ करोडको लागतमा ‘सहिद चन्द्रमणि मार्ग’ कालोपत्रे योजनाको शिलान्यास

झापा – झापाको कचनकवल गाउँपालिका अन्तर्गत पर्ने ‘सहिद चन्द्रमणि मार्ग’ को कालोपत्रे निर्माण कार्यको आज एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ।


​संघीय सरकारबाट प्राप्त रु. ९ करोडको लागतमा निर्माण हुन लागेको यो सडक कचनकवल वडा नं. ६ देखि वडा नं. ७ सम्म जोडिनेछ। स्थानीय पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएको यो सडकको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

EPIC EPIC EPIC


​यो आयोजना नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य एवं संसदीय दलका नेता कृष्णप्रसाद सिटौला तथा नेकपा एमालेका नेताहरूको विशेष पहलमा अघि बढेको हो।


​सडकको शिलान्यास कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, वडा नं. ७ का वडाध्यक्ष भरत राजवंशी, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि खरेल, नेपाली कांग्रेस वडा नं. ७ का सभापति रमेश पौडेल, समाजसेवीहरू देवी रमण भट्टराई र हरि सिग्देल, वडा सदस्यहरू फागुलाल राजवंशी र सामवती राजवंशी तथा युवा नेताहरू श्याम घिमिरे, योगेन्द्र खरेल लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले संयुक्त रूपमा सडकको शिलान्यास गर्नुभएको हो।


​सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने र कृषि उपज बजारसम्म पुर्‍याउन सजिलो हुने विश्वास लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *