गत मङ्सिर १०गते आगलागीका कारण पुर्णरुपमा क्षतिग्रस्त भएको जानबिर माबोको घर निर्माणार्थ नेपाल तरुण दल बुद्धशान्तिले सहयोग गरेको छ।
बुद्धशान्ति ४ मा घर भएका माबो एक्लो जिवन बिताउदै आएका थिए।
नेपाली काङ्ग्रेस निकट युवाहरुको संगठन तरुणदलका गाउँ सभापति करण लाबुङ, सचिव अर्जुन म्याङ्बो, युद्धहाङ लिम्बु लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो।
सभापति लाबुङको नेतृत्वमा पिडितलाई २ बन्डल टिन र खाद्यान्न सहयोग गरिएको हो।
सामाग्री हस्तान्तरण पश्चात बोल्दै अर्का सचिव बिनोद रिजालले सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद दिँदै थप सहयोगका लागी समेत अपिल गरेका थिए।