अछाममा प्रभावकारी बन्दै राष्ट्रपति महिला उद्धार कार्यक्रम

screenshot 20230322 174121 chrome

अछाम – विकटका नागरिकहरूलाई राहत पुग्ने उद्देश्यले नेपाल सरकारले सुरुवात गरेको राष्ट्रपति महिला उद्धार कार्यक्रम अछाममा प्रभावकारी बनेको पाइएको छ ।

EPIC

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा विशेष गरी सुरु गरिएको यो कार्यक्रम देशैभर सञ्चालनमा ल्याइएको छ ।

EPIC EPIC EPIC

जोखिम अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिला, आगलागी, बाढीपहिरो तथा अन्य विपद्मा परेका आम नागरिकलाई समयमै हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा लिई बिरामीको ज्यान बचाउन यो कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मीनराज आचार्यले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय अछामको पहलमा आठ जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामको तथ्याङ्कले देखाएको छ ।

यो आर्थिक वर्षको पहिलो हवाई उद्धार श्रावण ६ गते गरिएको छ । जसअन्तर्गत जिल्लाको तुर्माखाँद गाउँपालिका– २ कि सुत्केरी कृष्णा विकलाई हवाई उद्धार गरी अस्पताल पठाइएको तथ्याङ्कमा उल्लेख छ । यस्तै श्रावण ११ गते मङ्गलसेन नगरपालिका वडा नः ११ कि सुत्केरी सिता रावललाई दोस्रो हवाई उद्धार गरिएको छ । श्रावण २७ गते रामारोशन गाउँपालिका वडा नः ४ कि सुत्केरी भावना बिष्टलाई उद्धार गरि सुविधा सम्पन्न अस्पतालमा लगिएको प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

यस्तै मङ्सिर १० गते ढकारी गाउँपालिका वडा नः ६ कि सुत्केरी कलु थापा, पौष ९ गते रामारोशन गाउँपालिका वडा नः ५ कि जयसरा बिक, माघ १२ गते तुर्माखाँद गाउँपालिका वडा नः ४ कि दिलसरा बुढा, फागुन ११ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नः ९ कि सुत्केरी पशुपति जोशी, फागुन २१ गते ढकारी गाउँपालिका वडा नः ७ की इन्द्र कुमारी थापाको राष्ट्रपति हवाई उद्धार कार्यक्रममार्फत निःशुल्क उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

८ जना सुत्केरी महिला र ६ जना अन्य गरि जम्मा १४ जनाको हवाई उद्धार गरिएको छ । सुत्केरी महिलाको उद्धार निःशुल्क गरिँदै आएको छ भने अन्यको सम्बन्धित स्थानीय तहले खर्च व्यहोर्ने गरि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जसमा गत असोज १ गते जिल्ला कारागार कार्यालय अछाममा सुरक्षा गार्डमा कार्यरत प्रहरी सहायक हवल्दार भुपेन्द्र ठकुल्ला लाई एक्कासि ज्वरो र वान्ता हुन थालेपछि जिल्ला अस्पताल अछामको रिफर पत्र अनुसार उद्धार गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा झडप हुँदा बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नः ८ का राम बहादुर बानियाँ, चक्र बहादुर सिंह र नवराज रावललाई मङ्सिर ५ गते बयालपाटा अस्पतालबाट हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पठाइएको छ । यस्तै सोही दिन त्रिवेणी नगरपालिका वडा नः १ का टेक बहादुर सिंहलाई उद्धार गरिएको आचार्यले जानकारी दिनुभयो ।

गत मङ्सिर १७ गते अछामको मेल्लेख गाउँपालिका वडा नः ६ का केशर बहादुर बोहरा जङ्गली जनावर बँदेलको आक्रमणमा परि गम्भीर घाइते भएपछि प्रशासनको पहलमा हवाई उद्धार गरिएको थियो ।

हवाई उद्धार मार्फत अहिले सम्मको अन्तिम उद्धार गत फागुन १० गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नः ८ बारलामा आगलागीमा परि शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका प्रेम रोकामगर र हेमराज रोका मगरलाई उद्धार गरि सुर्खेत रिफर गरिएको थियो ।

जिल्लाका सरोकारवाला तथा नागरिक समाजका अगुवाले भने जिल्लामै सुविधा सम्पन्न अस्पताल तथा दक्ष चिकित्सक हुनुपर्ने धारणा राख्ने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *